logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिमी क्षेत्रको मौसम सामान्य बदली भए पनि अरु क्षेत्रमा मौसम सफा रहने


अंकुरण खबर
1.833K
Shares

देशका पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशको पश्चिम क्षेत्रका हिमाली र पहाडी भेगमा पश्चिमी वायुको प्रभाव देखिएको मौसमविदले बताएका छन् । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रही अरु क्षेत्रमा भने मौसम सामान्यता सफा रहेको छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । देशका अन्य भू–भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकीको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा सामान्य बदली र तराइ क्षेत्रमा आंशिक बदली हुनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा समेत आंशिक बदली रहनेछ ।

देशका अन्य क्षेत्रमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।