logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकै दिन १८०० ले घट्यो सुन, कति छ आजको मूल्य ?


अंकुरण खबर
2.743K
Shares

नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले घटेको छ ।

छापावाल सुन १८०० सय रुपैयाँले घटेर मंगलबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार तोलामा १२१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा ११८० रुपैयाँमा कारोबार भएको छ ।