logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणका कारण प्रहरी निरीक्षकको मृत्यु


अंकुरण खबर
741
Shares

कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी गण ३ नम्बर हेड क्वाटर मोरङमा कार्यरत ३२ वर्षीय प्रहरी निरीक्षकको विराट मेडिकल कलेजमा आज मृत्यु भएको हो ।

गत २६ कात्तिक राति ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो। २७ कात्तिकमा उनको कोरोना संक्रमण पुष्टी भएको थियो।

तेह्रथुम घर भएका उनी १० वर्षदेखि सशस्त्र प्रहरीमा थिए।