logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

कोरोना खोप विश्व बजारमा आउनेबित्तिकै नेपालमा पनि ल्याउँछौँ : स्वास्थ्यमन्त्री ढकाल


अंकुरण खबर
1.521K
Shares

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोभिड-१९ विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउनेबित्तिकै नेपालीले पनि प्रयोग गर्न पाउने दाबी गरेका छन्।

विश्व प्रति जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले खोप प्रमाणित भएलगत्तै ल्याउन सरकारले तयारी गरिरहेको जानकारी दिए।

अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुनेबित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको मन्त्री ढकालले बताए।

भ्याक्सिनको सहज उपलब्धताका लागि कानुन संशोधन गरेर सरकार अगाडि बढेको बताउँदै मन्त्री ढकालले भ्याक्सिन सहज रुपमा प्रयोग गर्न पाउने गरी आयात सहज बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरिएको बताए।

मन्त्री ढकालले भने, ‘भ्याक्सिन सजिलै प्रयोगमा ल्याउन सकियोस् भनेर कानुनी बाटो खुला र सहज गरिएको छ। अन्य देशले आफ्ना नागरिकमा प्रयोग गर्नेबित्तिकै नेपाली जनताले पनि प्रयोग गर्न सकियोस् भनेर सरकारी र गैरसरकारी तर्फबाट पहल भइरहेको छ।’