बुधबार र बिहीबार (आज र भोलि) देशभरका ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ ।
परिवार कल्याण महाशाखाका अनुसार भिटामिन ‘ए’ सँगै जुकाको औषधि र बालभिटा खुवाउने कार्यक्रम छ ।
६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा खुवाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।
२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउनेछन् भने ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकालाई जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ ।
भिटामिन ‘ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयंसेविका सक्रियतामा सम्पन्न हुनेछ ।