logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
793
Shares

कास्कीको पोखरामा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा एकजना र कास्की सेवा अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मणिपाल शिक्षण अस्पतालमा पोखरा महानगरपालिका–१३ का ६६ वर्षीया महिलाको बुधबार राति ९ः३० बजे मृत्यु भएको उनले बताए । उनीमा मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै लमजुङको मध्यनेपाल नगरपालिका–७ का ८७ वर्षीया कोरोना संक्रमित महिलाको बुधबार राति मृत्यु भएको डा । शर्माले बताए ।

उनीमा मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।