logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपाको सचिवालय बैठक भोली बस्दै, अध्यक्ष ओलीको प्रस्ताव तयार


अंकुरण खबर
780
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्दैछ ।

यसअघि मंसिर ३ गते बुधबार बसेको सचिवालय बैठक १० दिनपछि पुनः भोलि दिउँसो १ बजे बालुवाटारमा बस्न लागेको हो ।

यसअघि बसेको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव पेश गरेका थिए । तर सो प्रस्ताव दुवै अध्यक्षको सहमतिमा नआएको र अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि लाञ्छाना लगाईएको भन्दै विरोध भएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । मंसिर ३ गते बसेको बैठकमा ओलीले १० दिनको समय माग गरेका थिए ।

बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने बताइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार राजनीतिक प्रस्ताव तयारी अवस्थामा रहेकाले भोलिको बैठकमा पेश हुनेछ ।

यसअघि अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावमा उठाइएको प्रश्न तथा आरोपको जवाफ समेटेर पार्टीको समस्या समाधानमा प्रस्ताव उन्मुख रहेको बालुवाटार स्रोतले बताएको छ ।