logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एकै दिन थप २३ संक्रमितको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो


अंकुरण खबर
936
Shares

नेपालमा एकै दिन थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ४ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज १७०३ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ । गत २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख १० हजार ४ सय ६० लाख पुगेको छ। हाल ६ सय १ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।