logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज १२३६ जना कोरोना संक्रमित डिस्चार्ज


अंकुरण खबर
741
Shares

पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा २ लाख १० हजार ६ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार ९१ दशमलब ९ प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।