आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २ सयमा कायम भएको छ । त्यस्तै, आइतबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ११ सय ५० रुपैँयामा कारोबार भइरहेको छ ।