logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालबाट भारतमा मदिरा तस्करी गर्ने दुईजना पक्राउ


अंकुरण खबर
845
Shares

काठमाडौं – नेपालबाट भारतमा मदिरा ओसार्ने दुईजना भारतीय नागिरकलाई बारा प्रहरीले मदिरासहित पक्राउ गरेको छ ।

प्रहरीले नेपालबाट भारतमा मदिरा लिएर गइरहेका भारत बिहार मोतीहारी जिल्ला पञ्चायत मझरिया बस्ने ३५ वर्षका तेजनारायण यादव र २५ वर्षीय बिजय कुमार यादवलाइ पक्राउ गरेको हो ।

साइकलमा लोड गरी लुकाइ छिपाइ भारत तर्फ गइरहेको अवसथामा उनीहरुलाइ सीमा प्रहरी चौकी छतवाबाट खटिएको प्रहरी टोलीले बिश्रामपुर गाउँपालिका वडा नम्बर १ कल्याणपुरबाट चेकजाँच गर्नेक्रममा मदिरासहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १ सय २० बोतल कस्तुरी नामक मदिरा बरामद गरेको छ ।