logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १३ हजार ६ सय १२ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
832
Shares

देशभर १३ हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आइतबार १७ हजार ९ सय ९ जना सक्रिय संक्रमितमध्ये १३ हजार ६ सय १२ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ८ हजार ६ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा १७६१, प्रदेश २ मा ३५५, लुम्बिनी प्रदेशमा ७८१, सुदूरपश्चिम प्रदेशमा ३९४, गण्डकी प्रदेशमा ९१४ र कर्णाली प्रदेशमा ८४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।