नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।
सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी प्रतितोला ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।