logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलामकी कोरोना संक्रमित महिलाको विराटनगरमा मृत्यु


अंकुरण खबर
1.339K
Shares

इलामकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।

विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा उपचाररत देउमाई नगरपालिकाकी ५५ वर्षीया महिलाको सोमबार बिहान करिब ८ बजे मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएसँगै उपचारका लागि मंसिर ९ गते अस्पतालमा भर्ना भएकी महिलामा सुरुबाटै श्वासप्रश्वास, ज्वरो र खोकीको समस्या रहेको थियो । अस्पताल भर्ना गर्दा नै महिलाको स्वास्थ्य अवस्था जटिल रहेको अस्पतालका कोभिड-१९ फोकलपर्सन सुरेश आचार्यले जानकारी दिए ।