काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५ जना, भक्तपुरमा ६९ जना र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
२४ घण्टामा नेपालभर थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।