logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

थप २९ संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १५ सय नाघ्यो


अंकुरण खबर
1.131K
Shares

नेपालमा कोरोना संक्रमित मृतकको संख्या १५ सय नाघेको छ।

गत २४ घण्टामा २९ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ९ हजार ९ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ३७ हजार ७ सय ४७ पुगेको छ। हाल ५ सय ३५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।