logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ११ हजार ८ सय १४ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
780
Shares

देशभर ११ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

सोमबार १७ हजार ४ सय २३ जना सक्रिय संक्रमितमध्य ११ हजार ८ सय १४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ७ हजार ५ सय ४१ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १७०२, प्रदेश २ मा ३३३, लुम्बिनी प्रदेशमा ८८९, सुदूरपश्चिम प्रदेशमा ३७७, गण्डकी प्रदेशमा ८५६ र कर्णाली प्रदेशमा ११६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।