चितवन – माडी नगरपालिकामा रहेका अधिकांश खोलामा पानीको बहाव बढेपछि माडी–ठोरी हुलाकी सडक अवरुद्ध भएको छ । रातिदेखि नै परिरहेको वर्षाका कारण खोला बढेर सडक अवरुद्ध भएको हो ।
मगई, वगई, घाँघर, रतनेलगायत अधिकांस खोलामा पानीको बहाव बढेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । बिहानैदेखि खोला बढेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
माडीका अधिकांश खोलामा पक्की पुल निर्माणाधीन अवस्थामा छन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम भरतपुरको माडी र ठोरीसँग यातायात सम्बन्धविच्छेद भएको छ ।