logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

बुधबार देशभरको मौसम कस्तो रहन्छ ?


अंकुरण खबर
806
Shares

देशभरको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेकाले देशभर मौसम अधिकांश रुपमा सफा रहने जनाइएको हो । अहिले बागमती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पनि बाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यस्तै, राति गण्डकी, बाग्मती र प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ ।