logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?


अंकुरण खबर
871
Shares

पछिल्लो समय लगातार ओरालो लागेको सुनको मूल्य हिजोदेखि उकालो लागेको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर  प्रतितोला ९१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ५ सय कायम गरिएकोमा थियो ।

आज तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । त्यस्तै, हिजो प्रतितोला ३५ रुपैयाँ बढेको चाँदीको मूल्य आज पनि प्रतितोला ३० रुपैयाँ बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ८५ कायम गरिएको महासंघले जनाएको छ ।