logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पुलिसको डण्डाबाट पेलिएका मेरा करङ हिजो भन्दा आज धेरै दुखिरहेका छन् : पौडेल


अंकुरण खबर
1.079K
Shares

तनहुँमा बुधबार पुल उद्घाटनका क्रममा प्रहरीले जबरजस्ती नियन्त्रणमा लिँदा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना करङ पेलिएको बताएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउसो भन्दा साझ दुखेर आयो, हिजो भन्दा आज दुखाइ बढी छ। सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन। असली लोकतन्त्र कहिले साकार हुने हो? मेरो चिन्ता यसैमा छ।’

गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।

प्रहरीले उनलाई जबरजस्ती नियन्त्रणमा लिएको थियो। नेता पौडेललाई नियन्त्रणमा लिनेक्रममा प्रहरीले लाठीचार्जसमेत गरेको थियो। घटनामा काँग्रेसका केही नेताहरु घाइते भएकोसमेत काग्रेसले जनाएको छ।