logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब शान्ति सेनामा सहभागी हुने सिपाहीले प्रतिमहिना १ लाख २७ हजार रुपैयाँ पाउने


अंकुरण खबर
1.326K
Shares

sf7df8f}F, !! ebf} -/f;;_ M g]kfnL ;]gfåf/f a'waf/ sf7df8f}F–lghu9 b|'t dfu{ lgdf{0f;DaGwdf cfof]lht kqsf/ ;Dd]ngdf ;~rf/sdL{x?n] /fv]sf lh1f;fsf] pQ/ lb+b} ;xfos /yL Pjd g]kfnL ;]gfsf k|jQmf lj1fgb]j kf08] . t:jL/ M /Tg >]i7 .

नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीको भत्ता बढाउने भएको छ ।
सैनिकहरूले पाउँदै गरेको भत्तामा करिब ९ हजार अर्थात प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने भएको हो ।

सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको सोमबारको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको एक हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना एक हजार ११४ अमेरिकी डलर १ लाख २७ हजार रुपैयाँ कायम गर्ने भएको हो ।

बैठकले गणको नेतृत्व गर्ने गणपति प्रमुख सेनानीले पाउने भत्तामा भने २१ डलर वृद्धि गरेको छ। प्रमुख सेनानीले यसअघि एक हजार ३७८ अमेरिकी डलर भत्ता पाउने गरेका थिए। अब एक हजार ३९९ अमेरिकी डलर पाउनेछन्।
वृद्धि गरिएको भत्तादर असोज १४ अर्थात अक्टुबर १ देखि लागू हुने नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा अहिले ११ देशका १२ मिसनमा ५ हजार ९५ जना सैनिक शान्ति सैनिकका रूपमा कार्यरत छन्।