logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तोलामा १६०० रुपैयाँले बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.287K
Shares

नेपाली बजारमा सुनचाँदीको भाउ बिहीबार पनि बढेको छ ।

बिहीबार एकैदिन छापावाला सुन प्रतितोला १६ सय रुपैयाँले बढेर  ९२ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९२ हजार १५० रुपैयाँ कायम भएको छ । बुधबाबर तेजावी सुनको भाउ प्रतितोला ९० हजार ५५० रुपैयाँ थियो ।

यस्तै, बिहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ प्रतितोला २० रुपैयाँले बढेर १२ सय ५ रुपैयाँ कायम भएको छ ।