logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से १५.५७ अंकले घट्यो


अंकुरण खबर
598
Shares

नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ ।

आज नेप्सेमा १५.५७ अंकले घटेर २ हजार ५५ दशमलब ४५ विन्दुमा थापिएको छ भने ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँ बराबरको कारोबार भएको हो । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई समूहबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

जलविद्युत १० र माइक्रोफाइनान्स ३० अंकले ओर्लिएका छन्।  त्यस्तै बैंकिङ ८.७, ब्यापार १६०, होटल ८.३, विकास बैंक २०.३, फाइनान्स ६.७, निर्जीवन बीमा १६६, उत्पादन ७२, अन्य १९ र जीवन बीमा समूह २५८ अंकले घटेका छन्। एभरेष्ट इन्स्योरेन्सको संस्थापक समूह, माथिल्लो तामाकोसी, नेपाल सेवा लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

आज नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी १ अर्ब ११ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एउटै कम्पनीको साधारण सेयर १ अर्ब बढीको कारोबार भएको पहिलो पटक हो। कम्पनीको उच्च कारोबार हुँदा मूल्य पनि प्रतिकित्ता २३ रुपैयाँले घटेको छ। यस कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ७३५ मा झरेको छ।

त्यस्तै दोस्रो उच्च कारोबार हुने कम्पनीमा नेपाल टेलिकम रहेको छ। सो कम्पनीको ४२ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको मूल्य प्रतिकित्ता ७ रुपैयाँले घटेर १२८५ रुपैयाँ कायम भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३० करोडको कारोबार भयो। प्रतिकित्ता ४२ रुपैयाँले मूल्य घटेर १२८५ रुपैयाँ कायम भएको छ।

आज विशाल बजार कम्पनीको मूल्य सबैभन्दा धेरैले घटेको छ। सो कम्पनीको मूल्य ६. ९७ प्रतिशतले घटेको छ। मूल्य प्रतिकित्ता ३१९० कायम भएको छ। त्यस्तै साल्ट ट्रेडिङको मूल्य ६.९४ प्रतिशतले घटेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता ५७०० रुपैयाँ कायम भएको छ। बोटलर्स नेपालको मूल्य ५.२ प्रतिशतले घटेको छ। रसुवागढी हाइड्रोको मूल्य ५ प्रतिशतले घटेको छ।