logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कोरोना अपडेट : नेपालमा थप १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज


अंकुरण खबर
884
Shares

नेपालमा थप १३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार २१११ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै अहिलेसम्म २ लाख २० हजार २७२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १५५१ पुगेको छ।