logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १० हजार २ सय ७१ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
871
Shares

देशभर १० हजारभन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन्।

बिहीबार १५ हजार ७ सय ६६ जना सक्रिय संक्रमितमध्ये १० हजार २ सय ७१ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार ३ सय ४७ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १८२८, प्रदेश २ मा २३४, लुम्बिनी प्रदेशमा ६०९, सुदूरपश्चिम प्रदेशमा ६८८, गण्डकी प्रदेशमा ४७४ र कर्णाली प्रदेशमा ९१ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।