शुक्रवार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
बिहीवारको तुलनामा छापावाल सुन शुक्रवार तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीवार प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।