logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

कोरोना संक्रमित विद्यार्थीले कक्षा १२ को छुटेको परीक्षा दिन पाउने


अंकुरण खबर
910
Shares

राष्ट्रिय परीक्षा बोर्डले नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएर कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीको विवरण संकलन गर्न लागेको छ ।

२४ कात्तिकदेखि १६ मंसिरभित्र कोरोना लागेका विद्यार्थीले छुटेको परीक्षा दिन पाउने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि नेपाल सरकारबाट मान्यता प्राप्त प्रयोगशालाबाट लिइएको कोभिड–१९ पोजेटीभ रिर्पोट देखाउनु पर्ने छ ।

विद्यार्थीहरूले २६ मंसिरभित्र सम्बन्धित विद्यालयमा पोजेटीभ रिर्पोट सहित आफ्नो विवरण बुझाउनु पर्नेछ । विद्यालयले मंसिर मसान्तभित्र बोर्डमा पठाइसक्नुपर्नेछ ।

बोर्डले ९–१६ मंसिरमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो ।