logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

दाङका कोरोना संक्रमित २६ वर्षीय युवकको बाँकेमा मृत्यु


अंकुरण खबर
832
Shares

कोरोना भाइरसको संक्रमणबाट २६ वर्षीय युवकको मृत्यु भएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका १६ का २६ वर्षीय युवककको गएराति १२ः१० बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई मंसिर १० गते कोरोना संक्रमण भएको थियो। स्वास्थ्यमा समस्या आएपछि उनलाई त्यही दिन अस्पताल भर्ना गरिएको थियो।

उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ।