logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालिकामाथि बलात्कार आरोपमा २ जना पक्राउ


अंकुरण खबर
897
Shares

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाकी एक बालिकालाई बलात्कार गरेका आरोपमा फरार २ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

गत वर्ष साउन २१ गते बालिकालाई लुगा धुन गएका समयमा पाँच जनाले सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँका तीन जनालाई तत्काल नै र फरार दुई जनालाई डेढ वर्षपछि शुक्रबार सर्केगाड– ६ बाट पक्राउ गरिएको हो ।

अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहान ४ बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

घटनालगत्तै पक्राउ परेका दुई जना पुर्पक्षका लागि बाँकेमा थुनामा रहेको र एक जना नाबालक भएकाले बालसुधारगृह हिरमुनिया बाँकेमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।