नेपाली बजारमा साताको पहिलो दिन सुनको मुल्य घटेको छ ।
आइतबार छापावाला सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुनको मुल्य ९२ हजार २५० रुपैयाँ तोकिएको छ । यस्तै, आइतबार चाँदीको मुल्य १२१० रुपैयाँमा कायम भएको छ ।