logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

दोलखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, एकजना घाइते


अंकुरण खबर
910
Shares

दोलखामा जिप दुर्घटना हुँदा जिप चालकको मृत्यु भएको छ ।

चिलंखा थाक्रेबाट सिंगटी बजार जाने क्रममा बा २० च ४३७३ नम्बरको जिप बिगु गाउँपालिका-५ स्थित लाइसेप भन्ने स्थानमा आइतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा जिपका चालक गौरीशङ्कर गाउँपालिका –८ खारेका २४ वर्षीय सुविन तामाङको घटनास्थलमै मृत्यु भएको दोलखाका प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

दुर्घटनामा परी सोही गाउँपालिका-५ की २२ वर्षीया कमला तामाङ घाइते भएकी छन् । घाइते कमला तामाङको सिंगटी बजारस्थित रोलवालिङ अस्पतालमा उपचार भइरहेको उनले बताए ।

प्रहरी निरीक्षक कोइरालाका अनुसार जिप सडकबाट करिब १५० मिटर तल खसेको थियो ।