साताको पहिलो कारोबार दिन सेयर बजारमा नकारात्मक सर्किट लागेपछि कारोबार बन्द भएको छ।
सेयर बजार ६ प्रतिशतले घटेपछि आइतबारका लागि कारोबार बन्द भएको हो। २०५१ बाट सुरु भए लगत्तै बजार ओरालो लागेको थियो। २ बजेपछि तीव्र ओरालो लाग्दा तोकिएको समयसम्म कारोबार हुन पाएन।
आइतबार परिसूचक १२३ अंकले घटेको छ। तर कारोबार भने ७ अर्ब २० करोडभन्दा बढी भएको छ। घटेको बजार १९३२.११ अंकमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २१.६२ अंकले घटेर ३७०.६७ अंकमा सिमित भएको छ।