logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक


अंकुरण खबर
689
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।

पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले मंगलबार सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेको प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए । केही समययता देशका विभिन्न ठाउँमा बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

कुनै ठूला निर्णय लिनुपर्ने वा राष्ट्रिय एकता दर्साउनुपर्ने बेलामा सर्वदलीय बैठक बोलाउने प्रचलन छ ।