logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ८ हजार ६० जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
611
Shares

देशभर ८ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

सोमबार १२ हजार ९ सय ४८ जना संक्रिय संक्रमित मध्य ८ हजार ६० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २४ जना होम आइसोलेसनमा छन् ।

त्यस्तै प्रदेश १ मा  ११७७, प्रदेश २ मा १९६, लुम्बिनी प्रदेशमा ११८९, सुदूरपश्चिम प्रदेशमा ६०१, गण्डकी प्रदेशमा ३८६ र कर्णाली प्रदेशमा ८७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।