logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहद्वारा गोली हानी शिक्षकको हत्या


अंकुरण खबर
962
Shares

नेत्रविक्रम चन्द समूहले मोरङमा एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरेको छ ।

मिक्लाजुङ गाउँपालिका एक बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज विहान गोली हानी गरिएको हो ।

श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक हुन । उनलाई घरबाट अपहरण गरेर बर्खे जंगलमा लगेर हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ ।

विहान सवा छ बजेतिर अपहरणमा परेका श्रेष्ठको घरदेखि ३० मिनेट टाढा जंगलमा लगेर टाउकोमा गोली प्रहार गरि हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्ननको खोजी र घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।