नेकपाले एकीकरणपछि पहिलोपटक सञ्चालन गर्न लागेको स्कूल विभागको प्रशिक्षण सम्मेलनमा कार्यकतालाई ‘सी चिनफिङ’ बारे प्रशिक्षण दिने भएको छ ।
असोज ६ र ७ गते काठमाडौं हुने सम्मेलनको पहिलो कक्षामै चिनियाँ राष्ट्रपति सी चिनफिङको राजनीतिक दर्शन र सिद्धान्तबरो जानकारी गराउने तयारी भएको विभागका प्रमुख ईश्वर पोखरेलले बताए ।
सम्मेलनको तयारीका लागि चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि बुधबार आइसकेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले सम्मेलन उद्घाटन गर्नेछन् । सोङ शानिबार नेपाल आउँदैछन् ।
त्यहाँ चिनियाँ कम्युनिष्ट पार्टीको संगठनात्मक प्रणाली, पार्टी अनुशासन, उनीहरुको वैचारिक रानीतिक कार्यपत्र प्रस्तुत हुने नेपकपा स्कूल विभागका उपप्रमुख देवेन्द्र पौडेलले बताए ।
पौडेलका अनुसार सम्मेलनमा चीनका तर्फबाट तीन र नेपालका तर्फबाट दुईवटा प्रतिवेदन प्रस्तुत हुनेछ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।
जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन ।
मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ ।
जनप्रतिनिधिहरूको भ्रमणको रोजाइमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, इन्डिोनेसियालगायतका मुलुक पर्ने गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार बढी भ्रमण गर्ने पहिलो मुलुक चीन बनेको छ ।
मन्त्रालयको तथ्यांक चीनमा २१ पटक, अमेरिकामा १७ पटक, जापानमा नौपटक, दक्षिण कोरिया आठ र भारतको सातपटक भ्रमण गरिएको छ ।
त्यसका साथै डेनमार्क, स्विजरल्यान्ड, मंगोलिया, फिलिपिन्स, बेलायत, बंगलादेश, अस्टे«लिया, थाइल्यान्ड, स्पेन, रसिया, फिनल्यान्ड, जर्मनी, सिंगापुर, ट्युनिसिया, भियतनाम, बंगलादेशलगायतका मुलुक रहेका छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ ।
साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए ।
विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो । वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी गर्ने म्यानपावर र सम्बद्ध संस्था र व्यक्तिलाई जरिवाना तिराउनुपर्ने व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
फ्लु संक्रमणबाट फैलिने रोगको प्रकोप विश्वभर ३६ घण्टामै फैलिएर ८ करोड मानिसको ज्यान लिन सक्ने चेतावनी अन्तर्राष्ट्रिय स्वास्थ्य विज्ञहरुले दिएका छन् ।
विश्व स्वाथ्य संगठन (डब्लुएचओ)का पूर्वप्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहित टोलीले उक्त चेतावनी दिएको बेलायतीसञ्चार माध्यमहरुले बुधबार जनाएका छन् ।
बुधबार सार्वजनिक गरिएको ‘ए वल्र्ड एट रिक्स (जोखिममा विश्व)’ प्रतिवेदनमा भनिएको छ, ‘सन् १९१८ को फ्लुजस्तो महामारी हिजोआज तीव्र गतिमा फैलिन सक्छ । यसको नियन्त्रण गर्ने प्रयास हालसम्म अपर्याप्त रहेको छ ।
शताबदीअघि ‘स्पेनिस फ्लु’को माहामारीबाट विश्वका एक तिहाइ जनसंख्या संक्रमित भएको र ५ करोड मानिसको मृत्यु भएको थियो । यदी यस्तै महामारी आजको विश्वमा फैलिएमा त्यसले अझै भयावह अवस्था ल्याउन सक्ने चेतावनी प्रतिवेदनमा छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।
हजारको नोट अर्थात सजिलो भाषामा–‘हात्ती’ । तर, यसको त्यही हात्तीमाथि प्रश्न उठेको छ – के यो नेपाली नै हो त ? ‘हो’ भनेर प्रमाण दिने कोही निस्किएको छैन । बरु ‘होइन’ भनेर आधार देखाउने धेरै छन् ।
विवाद बढेपछि नेपाल राष्ट्र बैंकले सुरक्षित उपाय निकालेको छ– हात्ती नै फेरिदिने । अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती राम–लक्ष्मणको पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म आइसक्नेछन् ।
त्यसको प्रक्रिया अघि बढाइसकेको राष्ट्र बैंकले जनाएको छ । यो समाचार आजको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा विजय बञ्जराले लेखेका छन् ।
देशभरका प्रायः स्थानीय तहमा प्रमुख र उपप्रमुख भिन्दाभिन्दै दलका हुँदा विवाद हुने गरेकोमा धनुषास्थित हंसपुर नगरपालिकामा भने एउटै पार्टीका तर्फबाट निर्वाचित प्रमुख र उपप्रमुखबीचको विवादले एक जना नगरवासीको ज्यानै लिइसक्यो । नेतृत्व तहको अधिकार बाँडफाँटमा कुरा नमिलेर सुरु भएको विवाद बल्झिदै दुई पक्षबीच झडप हुँदा एक जनाको ज्यान गएको हो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन् । सोही पार्टीको रेणु झा उपप्रमुखमा जितेकी छिन् । उमेरका हिसाबले आमा–छारो जस्तै देखिने दवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार देखिन्थ्यो ।
जब, दुईबीच पदीय अधिकारको सवालमा दूरी बढ्न थाल्यो अनि पार्टी मौन बसिदियो । हुँदाहुँदै उनीहरुबीचको विवाद ज्यानै लिनसक्ने अवस्थासम्म पुग्यो । पटकपटक दुई समूहबीच भएको झडपमा परी स्थानीय तपेश्वर मण्डलको मृत्यु भएको हो ।
उनको मत्यु प्रकरणमा नगरप्रमुख मण्डल, उपप्रमुख झासहित केही वडाका अध्यक्षमाथि जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको छ । उनीहरु सबै गिरफ्तारी पर्ने डरले कार्यालय जाँदैनन् । यो समाचार नागरिक दैनिकमा सुरेश यादवले लेखेका छन् ।