logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सङ्घीय संसद्को चालू अधिवेशन अन्त्य हुँदै


अंकुरण खबर
910
Shares

काठमाडौ – सङ्घीय संसद्को चालू अधिवेशन बिहीबार अन्त्य हुँदैछ । चालू अधिवेशन वैशाख १६ गतेबाट सुरु भएको थियो । अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्वपूर्ण विधेयक पारित भएका छन् ।
सरकारले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पनि औपचारिक रूपमा संसद्लाई पत्र प्राप्त भएको छैन तर संसद् सचिवालयले अधिवेशन अन्त्यको सम्पूर्ण तयारी भने गरेको छ । प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यका लागि सबै तयारी पूरा गरिएको जानकारी दिए। योगीले राष्ट्रपति कार्यालयबाट औपचारिक पत्र भने प्राप्त नभएको बताए।
सभामुख कृष्णबहादुर महराले भने अधिवेशन अन्त्यको तयारीबारे सदनमा सङ्केत गर्दै बुधबार र बिहीबार शून्य तथा विशेष समयको कार्यक्रम नहुनेबारे जानकारी दिए ।