नेपाली बजारमा बिहिबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले ओरालो लागेको छ।
आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ।
बुधबार छापावाला सुन तोलामा ९ सय रुपैयाँले ओरालो लागेर प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज तेजाबी सुन तोलामा ९ सय रुपैयाँले ओरालो लागेर प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । आज प्रतितोला एक हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।