logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती प्रादेशिक अस्पतालमा उपचाररत् थप एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
572
Shares

धनगढीको सेती प्रादेशिक अस्पतालको कोरोना भवनमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालको भेन्टिलेटरमा उपचाररत् कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी  दिए ।

उनलाई मंसिर २४ गते संक्रमण पुष्टि भएको थियो । यो सँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ४४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।