काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४०२ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा १०५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।
यस्तै, शुक्रबार थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।