logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालुवाटारमा सारियो नेकपाको स्थायी कमिटी बैठक, ओली सहभागी हुने बैठकले देलात निकास ?


अंकुरण खबर
767
Shares

प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यवस्थालाई ध्यानमा राखेर नेकपाले स्थायी कमिटी बैठक बालुवाटारमा नै सारेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बैठक बस्न लागेको थियो । प्रधानमन्त्री ओली सहभागी हुने भएपछि ओलीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भनिएको बैठक बालुवाटारमा सारिएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए ।

पार्टीभित्र अल्पमतमा परेका नेकपाका प्रथम अध्यक्ष ओली पार्टीका विभिन्न बैठकमा सहभागी नहुँदा उनको चर्को आलोचना भएपछि आजको बैठकमा भने सहभागी हुने उनी निकट नेताहरुले जनाएका छन् ।

पार्टीको विवाद मिलाउन पटक पटक छलफल भएपनि सहमति नजुट्दा पार्टी विभाजनको संघारमा पुगेको छ ।
मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि पुनः सहमतिको लागि यो छलफल जारी रहेको हो ।

विधान विपरीतको प्रस्ताव ल्याएर दाहालले ‘पार्टी विभाजनको अनौपचारिक घोषणा’ गरेको आरोप लगाउँदै आएका ओलीले कार्यसूची नै तय नगरी बलजफ्ती बैठक डाकिएको बताउँदै आएका छन् ।

मंसिर २१ गतेको स्थायी कमिटी बैठकमा एक पत्र पठाउँदै प्रस्तावका नाममा आएको दाहालको ‘अभियोग पत्र’ फिर्ता हुनुपर्ने अडान राखेका ओलीले आजको बैठकमा उनले आफूविरूद्धको अभियोगको प्रतिवाद गर्ने तयारी गरेका छन् ।

तर, उनले अझै पनि अर्का अध्यक्ष दाहाललाई फकाउने प्रयास जारी राखेका छन् । बिहीबार दाहालसँग करिव डेढ घण्टा भएको छलफलमा कुनै ठोस सहमति नभएपछि उनले निकटस्थहरूलाई उपयोग गर्दै दाहाललाई सहमतिमा ल्याउने कोसिस जारी राखेका छन् । तर पनि सफल हुन सकिरहेका छैनन् ।

शनिबार मात्रै ओली निकट नेता एवं स्थायी कमिटी सदस्य शंकर पोखरेलले अर्का अध्यक्ष दाहाललाई भेटेका छन् । सो भेटमा के कुराकानी भयो केही खुलाइएको छैन ।

यद्यपि छलफलका एजेण्डामा सहमति भएपछि उनी आजको स्थायी कमिटी बैठकमा सहभागी हुन लागेको बुझिएको छ ।

उता नेता नेपालले दुई अध्यक्षको मात्रै सहमति आफूलाई मान्य नहुने र कमिटीको निर्णय अनुसार चल्नुपर्ने चेतावनी दिँदै आएका छन् ।
पार्टी एकता हुँदा एकताको महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमा अघि बढ्ने २०७५ जेठ २ गतेको समझदारी तोडिएको भन्दै ओली असन्तुष्ट छन् ।

दाहाल—नेपाल पक्षले भने बहुमत—अल्पमतको खेल भन्ने आरोप अस्वीकार गर्दै पार्टी अनिर्णयको बन्दी भए बहुमतका आधारमा निर्णय गर्न सकिने नेकपाको अन्तरिम विधानको धारा ६० को व्यवस्था बमोजिम अघि बढेको बताएका छन् ।

सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा परेको समयमा दाहाल—नेपाल पक्षले बहुमतबाट निर्णय गर्न चाहेको छ । यसमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहमत देखिएका छन् ।

शीर्ष नेताहरु आ आफ्नै अडानमा रहेका कारण नेपालको विवाद मिल्नुको सट्टा फुट नजिक पुगेको हो । दाहालले अनौपचारिक रूपमा पार्टी विभाजन गरेको ओलीको आरोप छ । दाहालले ओलीलाई पार्टी दम्बका कारण पार्टी विभाजन गर्न लागेको आरोज लगाएका छन् ।