logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै


अंकुरण खबर
962
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रिय बैंकले आज एकसातामा परिपक्व हुने गरी रिपो जारी गर्न लागेको हो ।

रिपो आज अपराह्न ३ बजे बोलकबोल गरेर आजै जारी हुने राष्ट्र बैंकले जनाएको छ । असोज ९ गते परिपक्क हुने यस रिपोको ब्याजदर न्यूनतम ४ दशमलव ५ प्रतिशत तोकिएको छ ।

बैंकिङ प्रणालीमा लगानी योग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।