logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजार परिसूचक आइतबार पुनः २ हजारभन्दा माथि पुग्यो


अंकुरण खबर
611
Shares

सेयर बजार परिसूचक उकालो लागेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक नेप्से ४६.४३ अंकले बढेर २ हजार १० दशमलव ४५ विन्दुमा पुगको हो । आज बजारमा ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आइतबारको बजार यसरी माथि उक्लिनुमा उत्पादनमूलक, जीवनबीमा र बैंकिङ क्षेत्रको भूमिका प्रमुख छ । बैंकिङ क्षेत्र ३.१९ प्रतिशत, उत्पादनमूलक क्षेत्र ५.९९ प्रतिशत तथा जीवनबीमा क्षेत्र ४.३७ प्रतिशतले बढ्दा बाँकी ९ उपसूचमध्ये व्यापारमूलक, होटल र हाइड्रोपावरको उपसूचक घटेका छन् भने बाँकी उपसूचकहरु भने बढेका छन् ।

आइतबार बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय २४ वटाको मूल्य बढेको छ । ३० वटा कम्पनीको मूल्य घट्दा १९ वटा कम्पनीको मूल्य बराबर रहेको छ ।

यो दिन नेपाल लाइफ इन्स्योरेन्सको ६७ करोडको सर्वाधिक कारोबार भयो । सबैभन्दा बढी कमाउने महुली लघुवित्त, साधना लघुवित्त, नारायणी विकास बैंक र हिमालयन डिस्टिलरीको मूल्य ९ प्रतिशतभन्दा बढी रहँदा ५ प्रतिशत मूल्य घटेको अपर तामाकोशीको सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ ।