logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि, १५ सय संक्रमणमुक्त


अंकुरण खबर
793
Shares

नेपालमा थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर थप ८३० जनामा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४८ हजार ४२३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १५ सय कोरोना संक्रमित निको भएका छन् । योसहित हालसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३५ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर हाल १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।