logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ९ संक्रमितको मृत्यु


अंकुरण खबर
793
Shares

नेपालमा एकैदिन थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एकै दिन ८ सय ३० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ८४ हजार ४ सय २३ पुगेको छ । कुल संक्रमितमध्ये १० हजार ९ सय ९४ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा ५ हजार १ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ३१ हजार ४१ पुगेको छ । हाल ५ सय १६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।