logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमान र सासु मिलेर महिलाको लिए ज्यान


अंकुरण खबर
936
Shares

काठमाडौं – कपिलबस्तुमा एक महिलाको विवाह गरेको १० महिनामै रहस्यमय मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका ६ वैरिहवाकी स्थानिय २२ वर्षीया शिला नाउको रहस्यमय मृ त्यु भएको हो ।

नाउका माइती पक्षले आफ्नो छोरीको हत्या भएको दावी गरेका छन् । उनलाई दाइजोको कारण हत्या गरिएको माइतिको दावी छ । सोमबार राति घरमै मृत्यु भएपछि पुगेका माइती पक्षले छोरीको मृत्यु नभई हत्या भएको आरोप लगाएका छन्। परिवारले भने उनको मृत्यु भएको दाबी गरेका छन्।

शिलाको घाँटी थिचेर हत्या गरेको र पछि आगो लगाएर आत्म हत्याको रुप दिइएको मृतकका माइतिले बताएका छन्। उनको हत्यामा पति २२ वर्षीय जगदीश नाऊ र सासू वासमती संलग्नता रहेको माइतिको आरोप छ । छोरीको रहस्यमय मृत्यु भएपछि महिलाका बुवा रामकुमारले ज्वाइँ जगदीश र सासू वासमतिविरुद्ध ज्यान मा र्ने उद्योगमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । ‘शवको पोष्टमार्टम रिर्पोटपछि मात्र घटना हत्या वा आत्म हत्या भन्ने थाहा हुने’, प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।

कपिलवस्तु नगरपालिका ५ शिवरामपुरकी शिलाको १० महिना अघि मात्रै विवाह भएको थियो। विवाहपछि समय समयमा आफ्नी छोरी उपर घरेलु हिंसा हुने गरेको मृतक पिताले सुनाए। ‘