देशभरका विभिन्न आइसोलेसनमा रहेका १ हजार ९९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ ।
यस्तै, आज देशभर थप ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार १ सय ८० पुगेको छ ।