देशभर हाल ५ हजार ८ सय ८३ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।
९ हजार ५ सय ८० कुल सक्रिय संक्रमितमध्ये ५ हजार ८ सय ८३ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बाँकी ३ हजार ६ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् ।
होम आइसोलेसनमा रहने संक्रमितको संख्या सबैभन्दा धेरै बागमती प्रदेशमा छ । बागमती प्रदेशमा मात्र ३ हजार १ सय १९ जना संक्रमित होम आइसोलेसनमा छन् ।
प्रदेश १ मा ३ सय २६, प्रदेश २ मा ३५, गण्डकी प्रदेशमा ८ सय ९४, लुम्बिनी प्रदेशमा ७ सय ७९, कर्णालीमा ९६ र सुदूरपश्चिममा ६ सय ३४ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।