logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ३६३ जना कोरोना संक्रमित


अंकुरण खबर
1.326K
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५२ महिला र २११ पुरुष गरी ३६३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै उपत्यकामा एक लाख १७ हजार ३०५ जना व्यक्ति संक्रमित भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा २७३ जना, ललितपुरमा ४९ जना र भक्तपुरमा ४१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, बिहीबार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।